बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

यात्रुले बुद्ध एयरको जहाजको आपतकालीन ढोका खोलेपछि उडान ढिला

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस ३० २०८२
यात्रुले बुद्ध एयरको जहाजको आपतकालीन ढोका खोलेपछि उडान ढिला

काठमाडौं- भैरहवाबाट काठमाडौंका लागि उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको जहाजमा एक यात्रुले अनधिकृत रूपमा आपतकालीन ढोका खोलेपछि उडान ढिला भएको छ।

आज भैरहवाबाट काठमाडौंका लागि उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको उडान नं. ८५२ (जहाज ९एन-एएमडी) मा यात्रु सुमन गौतमले अनधिकृत रूपमा आपतकालीन ढोका खोलेका कारण उक्त उडान ढिलो हुन गएको बुद्ध एयरले जनाएको छ। 

उक्त कार्यमा संलग्न गौतमलाई तत्काल विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाइएको पनि कम्पनीको भनाइ छ।

हवाई सुरक्षा मापदण्डअनुसार जहाजको विस्तृत प्राविधिक परीक्षणका लागि काठमाडौंबाट प्राविधिक टोली भैरहवा प्रस्थान गरिसकेको छ। पूर्ण परीक्षण र सुरक्षा सुनिश्चित भएपछि मात्र जहाजले उडान भर्नेछ।

नागरिक उड्डयन प्राधिकरणको नियमअनुसार विमानको आपतकालीन ढोका बिनाकारण खोल्नु गम्भीर कानूनी अपराध हो। यसबाट यात्रुमा पर्न गएको असुविधाप्रति बुद्ध एयरले क्षमा मागेको छ।

 


प्रकाशित : बुधबार, पुस ३० २०८२१२:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend