काठमाडौं- नेपाली बजारमा आज बुधबार सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार रुपैयाँ पुगेको छ। जुन हालसम्मकै उच्च मूल्य हो।
मंगलबार १ हजार ८ सय रुपैयाँले बढेर २ लाख ७६ हजार ५ सय रुपैयाँ पुगेको सुनको मूल्य आज बुधबार प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार चाँदीको मूल्य प्रतितोला ५ हजार ६ सय ५५ रुपैयाँ पुगेको छ। चाँदीमा पनि यो हालसम्मकै उच्च मूल्य हो। मंगलबार चाँदी प्रतितोला ५ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको थियो।
