काठमाडौं- अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात चिनियाँ नागरिक पक्राउ परेका छन्।
गैरकानूनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास सञ्चालन गरिरहेको भन्ने सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनीहरूलाई काठमाडौं महानगरापालिका-२७ स्थित ज्याठाबाट पक्राउ गरेको हो।
उनीहरूले चिनियाँ नागरिक लिउ प्यानले सञ्चालन गरेको होटलमा इन्टरनेटको प्रयोग गरी कल बाइपास गर्ने गरेको अनुसन्धानबाट खुलेको ब्यूरोले जनाएको छ। कल बाइपास गर्ने उपकरणसहित पक्राउ परेका चिनियाँ नागरिकमाथि दूरसञ्चार ऐन, २०५३ अन्तर्गतको कसुरमा थप अनुसन्धान भइरहेको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए।