सोमबार, असार १५ गते २०८३    
सोमबार, असार १५ २०८३

कोरला नाकाबाट २ करोड २४ लाख रुपैयाँबराबरको भेप बराबद

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस २९ २०८२
कोरला नाकाबाट २ करोड २४ लाख रुपैयाँबराबरको भेप बराबद

कन्टेनर र त्यसका चालक सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-५ का पेमा लामालाई नियन्त्रणमा लिइएको छ।

मुस्ताङ- कोरला नाकाबाट २ करोड २४ लाख रुपैयाँ मूल्यबराबरका विद्युतीय चुरोट (भेप) बरामद भएको छ।

नेपाल प्रहरी,सशस्त्र प्रहरी बल र मुस्ताङ भन्सार कार्यालयले सोमबार साँझ ना ६ ख ७५९१ नम्बरको कन्टेनरबाट १६ हजार थान भेप बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार कन्टेनर र त्यसका चालक सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-५ का पेमा लामालाई नियन्त्रणमा लिइएको छ।

यसअघि गत वर्ष पनि ६ करोड ८१ लाख रुपैयाँबराबरका भेप बरामद भएका थिए। रासस


प्रकाशित : मंगलबार, पुस २९ २०८२१२:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend