बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

लगातार उच्च बिन्दुमा सुनचाँदीको मूल्य, आज पनि तोडियो रेकर्ड

मंगलबार, पुस २९ २०८२
लगातार उच्च बिन्दुमा सुनचाँदीको मूल्य, आज पनि तोडियो रेकर्ड

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार चाँदीको मूल्य प्रतितोला ५ हजार ३ सय ४० रुपैयाँ पुगेको छ। जुन हालसम्मकै उच्च मूल्य हो।

काठमाडौं- नेपाली बजारमा सोमबार ४ हजार १ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च भएको सुनको मूल्यले आज मंगलबार नै कीर्तिमान तोडेको छ। मंगलबार सुन प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेको छ। 

सोमबार २ लाख ७४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज मंगलबार २ लाख ७६ हजार ५ सय रुपैयाँ पुगेको छ। जुन नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्य हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार चाँदीको मूल्य प्रतितोला १ सय ४५ रुपैयाँले बढेर ५ हजार ३ सय ४० रुपैयाँ पुगेको छ। चाँदीमा पनि यो हालसम्मकै उच्च मूल्य हो। 

सोमबार चाँदीको मूल्य प्रतितोला ५ हजार १ सय ९५ रुपैयाँ थियो। चाँदीको मूल्यमा गएको आइतबारयता लगातार कीर्तिमान बनिरहेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको थियो। 


प्रकाशित : मंगलबार, पुस २९ २०८२१०:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend