बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

साउदीमा रहेका नेपालीले टिक्मोमार्फत आईएमई गर्दा विद्युतीय कार, स्कुटर र आईफोन १७ जित्ने मौका

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस २८ २०८२
साउदीमा रहेका नेपालीले टिक्मोमार्फत आईएमई गर्दा विद्युतीय कार, स्कुटर र आईफोन १७ जित्ने मौका

काठमाडौं- रेमिट्यान्स सेवा प्रदायक कम्पनी आईएमईले 'टिक्मोमार्फत आईएमई गरौँ, उपहार जितौँ' योजना सार्वजनिक गरेको छ। यही पुस २१ गतेदेखि सञ्चालनमा ल्याइएको यो योजना आउँदो चैत १७ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ।

अभियानअन्तर्गत साउदी अरबमा रहेका नेपालीहरूले टिक्मो एप प्रयोग गरेर आईएमईमार्फत पैसा पठाउँदा विभिन्न उपहारहरू जित्ने अवसर पाउनेछन्।

टिक्मो एपमार्फत साउदी अरबबाट आईएमई गरी नेपाल पैसा पठाउँदा मेगा पुरस्कारअन्तर्गत एक जना भाग्यशाली विजेताले ईभी ‍ प्राप्त  गर्नेछन्। यस्तै मासिक दुई जना भाग्यशाली विजेताले याडिया ओविन ईभी स्कुटर जित्न सक्नेछन्।

साथै साप्ताहिक विजेताअन्तर्गत १२ जना भाग्यशाली विजेताले आईफोन १७ जित्न सक्नेछन्। अभियानमा  १५ जना भाग्यशाली व्यक्ति लावान्भित हुनेछन् भने विजेताहरू डिजिटल लक्की ड्रमार्फत छनोट गरिने जनाइएको छ।


प्रकाशित : सोमबार, पुस २८ २०८२१८:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend