काठमाडौं- सानिमा बैंक र नेपाल क्लियरिङ हाउसबीच एनपीएस-नेशनल कार्ड स्विचअन्तर्गत डोमेस्टिक कार्ड स्किम-नेपालपे कार्डको प्रमुख सदस्यताका लागि सम्झौता भएको छ।
सम्झौताअनुसार एनपीएस-नेशनल कार्ड स्विचलाई डोमेस्टिक कार्ड प्रयोग भई गरिने कारोबारहरूको राउटिङ र सेटलमेन्टमा अन्तरसञ्चालन सुनिश्चितताका लागि केन्द्रीय भुक्तानी पूर्वाधारको रूपमा स्थापना गरिएको हो।
सम्झौतापत्रमा सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्याल र नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरे।
सानिमा बैंकले देशका देशभर १३४ वटा शाखा सञ्जाल तथा १२७ वटा एटीएम बुथमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
