बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

खातामा प्यान र ईमेल अद्यावधिक गर्न एनआईसी एसिया बैंकको आग्रह

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस २८ २०८२
खातामा प्यान र ईमेल अद्यावधिक गर्न एनआईसी एसिया बैंकको आग्रह

काठमाडौं- एनआईसी एसिया बैंकले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ।

बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण आन्तरिक राजस्व विभागद्वारा जारी स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भन्दै बैंकले यस्तो आग्रह गरेको हो।

ग्राहकहरूले बैंकको पोर्टल वा मोबाइल बैंकिङ एपमा रहेको प्यान अपडेट विकल्पमा ट्याब गरी आफ्नो प्यान अद्यावधिक गर्न सक्नेछन्। साथै आफूलाई पायक पर्ने एनआईसी एसिया बैंकको जुनसुकै शाखा कार्यालयबाट पनि खातामा प्यान अद्यावधिक गर्नका लागि आवेदन दिन सकिने छ।

बैंकका अनुसार निक्षेपकर्ताको ब्याज भुक्तानीबाापत काटिएको करलाई ई-टीडीएस रेकर्डमा जनाउनका लागि प्यान आवश्यक परेको हो। प्यान अद्यावधिक भएपश्चात् ग्राहकहरूको करकट्टीको विवरण सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रूपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने गर्दछ। यसबाट ग्राहकलाई करकट्टी प्रमाणपत्र र करचुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुन्छ भने प्रमाणपत्र लिन बैंकसम्म धाउनु पनि पर्दैन।

ग्राहकहरूले प्यान अद्यावधिक नगराएका कारण ई-टीडीएसमा ब्याजकर दाखिला नभएको अवस्थामा र त्यसउप्रान्त ब्याजकरमा थप समायोजन गर्नुपरेको अवस्थामा बैंक जिम्मेवार नहुने पनि स्मरण गराइएको छ।

साथै बैंकले ग्राहकहरूलाई आफ्नो खातामा ईमेल ठेगाना पनि अद्यावधिक गर्न आग्रह गरेको छ। ग्राहकहरूले आफ्नो खातामा बैंकको भिडियो केवाईसी वा मोबाइल बैंकिङ एपमा रहेको माई प्रोफाइलमा ट्याप गरी चेञ्ज ईमेल विकल्प छनोट गरी आफ्नो ईमेल ठेगाना अद्यावधिक गर्न सक्नेछन्। आफूलाई पायक पर्ने एनआईसी एसिया बैंकको जुनसुकै शाखा कार्यालयबाट पनि आफ्नो खातामा ईमेल ठेगाना अद्यावधिक गर्न सकिने छ।

यसका साथै यसअघि बैंकलाई प्यान उपलब्ध गराएर पनि करकट्टीको विवरण समावेश नभएको वा ईमेल ठेगाना अद्यावधिक नभएको खण्डमा बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रमा सम्पर्क गर्न पनि बैंकले आग्रह गरेको छ।  


प्रकाशित : सोमबार, पुस २८ २०८२१७:३८
  • सम्बन्धित विषय:

  • # एनआईसी एसिया बैंक
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend