सोमबार, असार १५ गते २०८३    
सोमबार, असार १५ २०८३

ईसीमोडमा २ लाख ८३ हजार ५ सय ३ अमेरिकी डलर वार्षिक योगदान रकम बुझाइँदै, यस्ता छन् मन्त्रिपरिषद्‍को निर्णय

सोमबार, पुस २८ २०८२
ईसीमोडमा २ लाख ८३ हजार ५ सय ३ अमेरिकी डलर वार्षिक योगदान रकम बुझाइँदै, यस्ता छन् मन्त्रिपरिषद्‍को निर्णय

२०२५ मार्चको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनीफैया बौद्ध पगैडाको अभिलेखालय र गंगाघाट मन्दिरको पुनर्निमाणका लागि अमेरिकी डलर ३ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराउने निर्णय पनि भएको छ।

काठमाडौं- सरकारले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड) को सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनुपर्ने सन् २०२४ को वार्षिक योगदान २ लाख ८३ हजार ५ सय ३ अमेरिकी डलर प्रदान गर्न स्वीकृति दिने निर्णय गरेको छ। 

यस्तै आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ ४ गते बिहान ११ बजे संघीय संसद्को राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नका लागि सिफारिस गर्ने निर्णय पनि गरेको छ। 

साथै वित्तीय क्षेत्र विकास रणनीति २०८२-०८३ देखि २०८६-०८७ स्वीकृत गर्ने, मानव बेचविखनविरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गर्ने र गोरखापत्र संस्थानको अध्यक्षमा गोविन्दप्रसाद भण्डारी नियुक्त गर्ने निर्णय पनि गरेको छ। 

यस्तै २०२५ मार्चको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनीफैया बौद्ध पगैडाको अभिलेखालय र गंगाघाट मन्दिरको पुनर्निमाणका लागि अमेरिकी डलर ३ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराउने निर्णय पनि भएको छ।


प्रकाशित : सोमबार, पुस २८ २०८२१५:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend