बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

चितवनमा डोङफेङ नेपालको 'नामी सेलिब्रेशन ड्राइभ' सम्पन्न

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस २८ २०८२
चितवनमा डोङफेङ नेपालको 'नामी सेलिब्रेशन ड्राइभ' सम्पन्न
काठमाडौं- नेपालका लागि डोङफेङ इलेक्ट्रिक सवारीसाधनको आधिकारिक वितरक एमएडब्लू वृद्धिले चितवनका सडकमा १०० भन्दा बढी नामी इलेक्ट्रिक सवारीसाधनको उपलब्धि उत्सव मनाउँदै 'नामी सेलिब्रेशन ड्राइभ' सम्पन्न गरेको छ।
 
कार्यक्रममार्फत ग्राहकहरूको विश्वासको सम्मान, समुदायसँगको सम्बन्ध सुदृढीकरण तथा चितवन क्षेत्रमा स्मार्ट विद्युतीय मोबिलिटीको बढ्दो उपस्थितिलाई उजागर गरिएको थियो।
 
सेलिब्रेशन ड्राइभमा ८० भन्दा बढी नामी बक्स र नामी भिगो सवारीसाधनको सहभागिता थियो। ड्राइभ चितवन बिजनेस कम्प्लेक्स भरतपुरबाट सुरु भई बाइपास रोड, टिनखोला गुम्बा चोक, रामेश्वर मन्दिर, लिला चोक, पुलचोक, चौबिसकोटी चोक, पारस बसपार्क, सौराहा चोक तथा चित्रसरी पुल हुँदै होटल सेभेन स्टार सौराहामा पुगेर सम्पन्न भएको थियो।
 
कार्यक्रममा एमएडब्लू वृद्धिका वरिष्ठ नेतृत्व तथा चितवन क्षेत्रमा नामी बक्स र नामी भिगोका आधिकारिक डिलर युरो अटोमोटिभ्स प्रालिका प्रतिनिधिहरूद्वारा फ्ल्याग अफ गरिएको थियो।  कार्यक्रममा सहभागीहरू तथा उनीहरूको परिवारका लागि खाना, संगीत, खेलकुद तथा अन्तरक्रियात्मक गतिविधिहरूको पनि व्यवस्था गरिएको थियो।
 
स्मार्ट डिजाइन, उन्नत प्रविधि तथा ग्राहक-केन्द्रित स्वामित्व सुविधाका कारण नामी बक्स र नामी भिगोले चितवन क्षेत्रमा राम्रो लोकप्रियता हासिल गरिरहेका छन्।


प्रकाशित : सोमबार, पुस २८ २०८२१३:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend