बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एलजीले घोषणा गर्‍यो टी-२० विश्वकप क्याम्पेनको दोस्रो चरणका विजेता

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस २८ २०८२
एलजीले घोषणा गर्‍यो टी-२० विश्वकप क्याम्पेनको दोस्रो चरणका विजेता

काठमाडौं- एलजी नेपालले आईसीसी टी-२० विश्वकप क्रिकेटलाई लक्ष्य गरेर सञ्चालन गरेको उपभोक्ता क्याम्पेनअन्तर्गत दोस्रो चरणका विजेताहरू घोषणा गरेको छ।

कम्पनीले आगामी फेब्रुअरी ७ देखि भारत र  श्रीलंकामा हुने विश्वकप क्रिकेटलाई लक्ष्य गरेर मंसिर २९ गतेदेखि सञ्चालन गरेको उक्त क्याम्पेनअन्तर्गत दोस्रो चरणका  ४ जना भाग्यशाली विजेता घोषणा गरेको हो। 

नेपालभरि लागू भएको क्याम्पेनअन्तर्गत दोस्रो चरणमा काठमाडौंको चाबहिल बस्ने धीरज बस्नेत विराटनगर बस्ने प्रमिला तिम्सिना, वालिङ बस्ने माधव न्यौपाने र प्युठान बस्ने ज्ञामुराम न्यौपाने विजेता चयन भएका छन्।

धीरजले एसपाएर इलेक्ट्रोनिक्स कालिमाटीबाट टीभी र प्रमिलाले एलजी शोपी विराटनगरबाट रेफ्रिजेरेटर खरिद गरेका थिए। यस्तै माधवले डीके इलेक्ट्रोनिक्स सप्लायर्सबाट वाशिङ मेसिन र  ज्ञामुराम न्यौपानेले टेलिट्रोनिक्स इन्टरनेशनलबाट वाशिङ मेसिन किनेका थिए।

विजेताहरूले मुम्बईको वानखेडे स्टेडियममा हुने नेपाली क्रिकेट टिमको कुनै एक खेल प्रत्यक्ष हेर्न पाउनेछन्। नेपालको पहिलो चरणका सबै खेल मुम्बईमा हुन गइरहेको छ।

एलजीले ४ रात ५ दिनको मुम्बई यात्रालगायत नेपालको खेल प्रत्यक्ष हेर्न पाउने यसमा लाग्ने सबै खर्च कम्पनीले नै बेहोर्ने व्यवस्था मिलाएको छ।

एलजीको यस क्याम्पेनमा सहभागी हुन एलजीका कुनै पनि सामान खरिद गरेपछि अंग्रेजी अक्षरमा एलजी स्पेस वारेन्टी कार्ड नम्बर स्पेस उत्पादनको नाम स्पेस ग्राहकको नाम स्पेस ठेगाना लेखी ३१००३ मा एसएमएस पठाउनुपर्नेछ। 


प्रकाशित : सोमबार, पुस २८ २०८२१३:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend