सोमबार, असार १५ गते २०८३    
सोमबार, असार १५ २०८३

भारतीय गोलभेँडाको आयात ९३२ प्रतिशतले बढ्यो, ५ महिनामा ६ करोड ८४ लाख रुपैयाँभन्दा बढीको आयात

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस २८ २०८२
भारतीय गोलभेँडाको आयात ९३२ प्रतिशतले बढ्यो, ५ महिनामा ६ करोड ८४ लाख रुपैयाँभन्दा बढीको आयात

कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार उक्त अवधिमा भारतबाट २६ लाख ७६ हजार ५ सय २० किलो गोलभेँडा आयात भएको छ भने गोलभेँडा आयातबाट भन्सारले ८२ लाख ७३ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

झापा- पूर्वी नाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा गोलभेँडाको आयात ९ सय ३२ प्रतिशतले बढेको छ। गत साउनदेखि मंसिरसम्ममा ६ करोड ८४ लाख ७४ हजार रुपैयाँबराबरको गोलभेँडा भारतबाट आयात भएको हो।

कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार उक्त अवधिमा भारतबाट २६ लाख ७६ हजार ५ सय २० किलो गोलभेँडा आयात भएको छ भने गोलभेँडा आयातबाट भन्सारले ८२ लाख ७३ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा पूर्वी नाकाबाट ३७ लाख ३० हजार रुपैयाँबराबरको १ लाख ३८ हजार ६ सय ५० किलो गोलभेँडा आयात भएको सूचना अधिकारी हुमागाईंले जानकारी दिए।

उनका अनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा भान्सामा प्रयोग हुने तरकारीजन्य गोलभेँडाको आयात ९ सय ३२ प्रतिशतले बढेको हो। नेपालमा आयात हुने अधिकांश गोलभेँडा भारतबाट आउने उनले बताए। 

चालु आर्थिक वर्षको पाँच महिनामा समग्र तरकारीको आयात वृद्धि भएको सूचना अधिकारी हुमागाईंले उल्लेख गरे। 

उनका अनुसार चालु आर्थिक वर्षमा सोही नाकाबाट १ अर्ब १८ करोड ३ लाख ५६ हजार रुपैयाँबराबरको तरकारी आयात भएको छ। 

गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ११ करोड ३६ लाख २३ हजार रुपैयाँबराबरको तरकारी आयात भएको भन्सार कार्यालयले जनाएको छ। रासस

प्रकाशित : सोमबार, पुस २८ २०८२१२:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend