बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एकैदिन प्रतितोला ४ हजार १ सय रुपैयाँले बढेर सुनको मूल्यमा रेकर्ड, चाँदी पनि हालसम्मकै महँगो

सोमबार, पुस २८ २०८२
एकैदिन प्रतितोला ४ हजार १ सय रुपैयाँले बढेर सुनको मूल्यमा रेकर्ड, चाँदी पनि हालसम्मकै महँगो

यसअघि हिजो आइतबार र यही पुस १३ गते प्रतितोला समान २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार सुनको मूल्यमा बनेको कीर्तिमान आज तोडिएको हो।

काठमाडौं- नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य उच्च रकमले वृद्धि हुँदै कीर्तिमानी बिन्दुमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ७४ हजार ७ सय रुपैयाँ कायम भएको छ, जुन नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो। 

यसअघिको उच्च मूल्य हिजो आइतबार र यही पुस १३ गते पनि सुन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। 

आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढेको हो। 

यस्तै आज एक तोला चाँदीको मूल्य ५ हजार १ सय ९५ रुपैयाँ कायम भएको छ, जुन हालसम्मकै उच्च मूल्य हो। 

चाँदीको मूल्यमा हिजो आइतबार बनेको रेकर्ड त्यसको दोस्रो दिन नै ब्रेक भएको हो। आइतबार चाँदी प्रतितोला ४ हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको थियो। आइतबारको तुलनामा सोमबार चाँदीको मूल्य प्रतितोला २ सय ५ रुपैयाँले बढेको हो।


प्रकाशित : सोमबार, पुस २८ २०८२११:०५
  • सम्बन्धित विषय:

  • # सुनचाँदी


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend