काठमाडौं- निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल, उम्मेदवार र मतदताका लागि सुरक्षाको भरपर्दाे वातावरण हुने बताएका छन्।
निर्वाचनमा सुरक्षाकै कारण राजनीतिक दल र उम्मेदवारले जनतासँग मात माग्न र मतदताले मतदान गर्न असुविधा हुने स्थिति नआउने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका हुन्।
उनले एकीकृत सुरक्षा योजनाअनुसारका चारवटै सुरक्षा निकायले समन्वयात्मक काम गरिरहेको र नेपाल सरकारले पनि आवश्यक स्रोतसाधन उपलब्ध गराइरहेको स्पष्ट गरे।
'राजनीतिक दल, उम्मेदवार वा पक्षधरहरुले जनता र मतदातासमम्म आफ्ना विचार वा प्रचार लैजान निर्भयतापूर्वक विश्वस्त भएर लाग्नसक्ने स्थिति छ। सुरक्षाकै कारण मतदातासमक्ष उहाँहरू जान नसक्ने अवस्था छैन,' उनले भने, 'यसका लागि सुरक्षा निकायले चनाखो भएर काम गरिरहेका छन्। सरकारले स्रोत, साधन उपलब्ध गराएकै छ।' रासस
