सोमबार, असार १५ गते २०८३    
सोमबार, असार १५ २०८३

मेचीनगरमा प्रथम भक्का उत्सव

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस २७ २०८२
मेचीनगरमा प्रथम भक्का उत्सव

पूर्वी तराईको झापा र मोरङका आदिवासी राजवंशी समुदायको भक्का खाने पुरानो चलन हो। धानको पीठोबाट बनाइएको भक्का पोसिलो, स्वादिलो हुने हुँदा पूर्वी तराईमा यो लोकप्रिय बनिरहेको छ।

झापा- मेचीनगरमा पहिलो पटक राजवंशी समुदायले आज प्रथम भक्का पिठ्ठा उत्सव मनाएका छन्।

मेचीनगर-७ इँटाभट्टामा राजवंशी समाज विकास समिति मेचीनगरले आयोजना गरेको भक्का उत्सवमा पाँच सय किलो चालमको पिठोको भक्का बनाइएको हो।

रैथाने परम्परागत खाद्य परिकारका रूपमा रहेको भक्कालाई प्रवर्द्धन र संवर्द्धन गर्ने उद्देश्यले भक्का उत्सव मनाइएको समितिका नगर अध्यक्ष दिनेश राजवंशीले बताए।

भाषा, कला, संस्कार, संस्कृतिको पहिचानसहित आयोजना गरिएको भक्का उत्सवले पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने कार्यक्रमका प्रमुख अतिथि गोपालचन्द बुढाथोकीले बताए।

उनले २५ भन्दा बढी जातजाति रहेको नगरमा राजवंशी समुदायको उलेख्य बसोबास रहेको जानकारी दिए। 

नगरका १५ वटै वटाबाट ३० जना जातीय पोसाक र गरगहनामा सजिएका राजवंशी समुदायका महिलाले भक्काका परिकार बनाएका छन्।

पूर्वी तराईको झापा र मोरङका आदिवासी राजवंशी समुदायको भक्का खाने पुरानो चलन हो। धानको पीठोबाट बनाइएको भक्का पोसिलो, स्वादिलो हुने हुँदा पूर्वी तराईमा यो लोकप्रिय बनिरहेको छ।

मंसिरबाट जिल्लाका काँकरभिट्टा, इँटाभट्टा, बिर्तामोड, भद्रपुर, दमकलगायत सहरी क्षेत्र र ग्रामीण क्षेत्रका चोक तथा बजारमा भक्का बनाएर राजवंशीलगायत अन्य समुदायले बिक्री गर्दै आएका छन्।

पानीको बाफमा पकाइने र कुनै किसिमको मिसावट नहुने हुँदा भक्का खानु स्वास्थ्यका लागि अति उत्तम हुने मेचीनगर नगरपालिका-७ वडाध्यक्ष प्रह्लाद ओलीले बताए।

उनका अनुसार जिल्लाभरका राजवंशी समुदायले यही पुस २९ गतेलाई भक्का दिवसका रूपमा ९ वर्षदेखि मनाउँदै आएका छन्। रासस


प्रकाशित : आइतबार, पुस २७ २०८२१६:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend