बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कामना सेवा विकास बैंकद्वारा चेपाङ समुदायका बालबालिकालाई न्यानो कपडा वितरण

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस २७ २०८२
कामना सेवा विकास बैंकद्वारा चेपाङ समुदायका बालबालिकालाई न्यानो कपडा वितरण

काठमाडौं- कामना सेवा विकास बैंकले चितवनको राप्ती नगरपालिका-१२ स्थित भविष्य निर्माण आधारभूत विद्यालयलाई न्यानो कपडा वितरण गरेको छ। आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय खुर्खुरेमार्फत बैंकले न्यानो कपडा वितरण गरेको हो।  

बैंकका नारायणगढ क्षेत्र प्रमुख सुरेन्द्र भण्डारीले विद्यालयमा अध्ययनरत कक्षा १ देखि ३ सम्मका ७० जना विकट क्षेत्रका विपन्न तथा सीमान्तकृत चेपाङ समुदायका बालबालिकाहरूलाई न्यानो कपडा हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीत बहादुर प्रजा, राप्ती नगरपालिका-१२ का वडा अध्यक्ष अर्जुन प्रजा, बैंकका कर्मचारीहरू तथा राप्ती नगरपालिकाका सबइन्जिनियर विजय पौडेल, वडा सदस्य अशोक जिम्बा, स्थानीय अभिभावकहरूको उपस्थिति थियो। 


प्रकाशित : आइतबार, पुस २७ २०८२१५:५८
  • सम्बन्धित विषय:

  • # कामना सेवा विकास बैंक
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend