काठमाडौं- कामना सेवा विकास बैंकले आफ्नो बुटवल क्षेत्रअन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरू सम्पन्न गरेको छ। बैंकले आफ्नो शाखा कार्यालय भैरहवा र मणिग्राममार्फत समुदायलक्षित सामाजिक कार्यक्रमहरू सञ्चालन गरेको हो।
बैंकले भैरहवा शाखामार्फत लुम्बिनी अपांग दृष्टिविहीन अनाथ आश्रमलाई ३ थान बेड तथा मणिग्राम शाखामार्फत शान्ति नमुना माध्यमिक विद्यालयलाई न्यानो कपडा वितरण गरेको हो। बैंकका बुटवल क्षेत्र प्रमुख हेमन्तबाबु आचार्यले सम्बन्धित संस्थालाई सामग्री हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा सम्बन्धित संस्थाका प्रतिनिधिहरू, बैंकका कर्मचारीहरू तथा अन्य सरोकारवालाहरूको उपस्थिति थियो।
