काठमाडौं- सीजी ब्रान्डले आफ्ना साना घरायसी उपकरणहरू (एसडीए) का लागि सञ्चालित 'सीजीको साथमा, वर्ल्डकप टिकट हातमा ह्यास्ट्रिक लेभल अप विथ सीजी' उपहार योजनाअन्तर्गत पहिलो चरणको विजेता सार्वजनिक गरेको छ।
आगामी आईसीसी टी-२० पुरुष विश्वकपलाई लक्ष्य गर्दै ल्याइएको यस योजनामा सहभागी ग्राहकहरूमध्ये डिजिटल गोलाप्रथाद्वारा साना घरायसी उपकरणतर्फ पहिलो चरणका लागि एक जना भाग्यशाली विजेता छनोट गरिएको कम्पनीले जनाएको छ।
पहिलो चरणको डिजिटल गोलाप्रथामार्फत पोखराकी मोनिका महर्जन बम्पर उपहार विजेता बन्न सफल भएकी छिन्। महर्जनले पोखरास्थित न्यू साउन्ड एण्ड भिजनबाट सीजी ब्रान्डको ओभन खरिद गरी सहभागिता जनाएकी थिइन्।
कम्पनीका अनुसार विजेता महर्जनले ५ दिने मुम्बई भ्रमणको पूर्ण प्याकेज प्राप्त गरेकी छिन्। यस भ्रमण प्याकेजमा काठमाडौं-मुम्बई दुईतर्फी हवाई टिकट, तारे होटेलमा बसाइ, खानपिन र मुम्बई सिटी टुर समावेश छ।
साथै महर्जनले मुम्बईको वानखेडे स्टेडियममा हुने आईसीसी टी-२० पुरुष विश्वकपअन्तर्गत नेपाली टोलीको एक खेलको टिकटसमेत प्राप्त गर्नेछिन्।
कम्पनीले यो पहिलो चरण मात्र भएको र योजना अझै जारी रहेको जानकारी गराएको छ। योजनामा सहभागी हुन इच्छुक ग्राहकहरूले देशभर रहेका २१ वटा आधुनिक सीजी डिजिटल शोरुमहरू, कम्पनीको आधिकारिक वेबसाइट तथा सीजी ब्रान्डका उत्पादन पाइने नेपालका जुनसुकै आधिकारिक बिक्री केन्द्रहरूबाट सीजीका साना घरायसी उपकरण खरिद गरी एसएमएस पठाउनुपर्नेछ।
अंग्रेजी अक्षरमा सीजीएसडीए स्पेस सिरियल नम्बर स्पेस उत्पादनको नाम स्पेस ग्राहकको नाम स्पेस ठेगाना टाइप गरी ३१००३ मा एसएमएस पठाएर योजनामा सहभागिता जनाउन सकिनेछ।
