काठमाडौं- नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ कायम भएको छ।
आज सुनको मूल्य यसअघि कायम भएको कीर्तिमानी बिन्दुमै फर्किएको हो। यही पुस १३ गते पनि सुन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमै कारोबार भएर कीर्तिमान बनेको थियो।
अघिल्लो कारोबारको तुलनामा भने आज सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेको हो। गएको शुक्रबार सुन प्रतितोला २ लाख ६७ हजार ८ सय रुपैयाँमा खरिद-बिक्री भएको थियो।
यस्तै आज चाँदीको मूल्यले भने नयाँ कीर्तिमान बनाएको छ। आज एक तोला चाँदीको मूल्य ४ हजार ९ सय ९० रुपैयाँ कायम भएको छ, जुन हालसम्मकै उच्च मूल्य हो।
यसअघि यही पुस २३ गते प्रतितोला ४ हजार ९ सय ३५ रुपैयाँमा कारोबार भएर चाँदीको मूल्यले बनाएको कीर्तिमान आज तोडिएको हो।
अघिल्लो कारोबारको तुलनामा भने आज चाँदीको मूल्य प्रतितोला २ सय १० रुपैयाँले बढेको हो। गएको शुक्रबार चाँदी प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ५ सय ९ अमेरिकी डलर र साेही परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
