सोमबार, असार १५ गते २०८३    
सोमबार, असार १५ २०८३

आजको मौसम पूर्वानुमान : तराई-मधेशमा कुहिरो लाग्ने

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस २७ २०८२
आजको मौसम पूर्वानुमान : तराई-मधेशमा कुहिरो लाग्ने
फाइल तस्बिर

आज राति तराई भूभागका थोरै स्थानहरूमा हुस्सु रहनेछ। देशका पहाडी तथा हिमाली भागमा मौसम मुख्यतया सफा रहने छ।

काठमाडौं- हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई-मधेशका केही भूभागका केही स्थानमा मध्याह्नसम्म हुस्सु/कुहिरो रहनेछ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ।

त्यसैगरी आज राति तराई भूभागका थोरै स्थानहरूमा हुस्सु रहनेछ। देशका पहाडी तथा हिमाली भागमा मौसम मुख्यतया सफा रहने छ।


प्रकाशित : आइतबार, पुस २७ २०८२०९:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend