सोमबार, असार १५ गते २०८३    
सोमबार, असार १५ २०८३

बेलौरीका २९ विपन्न परिवारलाई सुरक्षित आवास

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, पुस २६ २०८२
बेलौरीका २९ विपन्न परिवारलाई सुरक्षित आवास

सुरक्षित आवास निर्माणका लागि बेलौरी नगरपालिकाले प्रतिघर २ लाख ५० हजार रुपैयाँ, ह्याबिट्याट फर ह्युम्यानिटी नेपाल र निड्स नेपालले प्रतिघर २ लाख लाख ५० हजार रुपैयाँ लागत साझेदारी गरेका छन्।

कञ्चनपुर- कञ्चनपुरको बेलौरी नगरपालिकाका चार वडाका अतिविपन्न परिवारका लागि दातृ निकायको सहयोगमा २९ वटा सुरक्षित आवास निर्माण गरिएका छन्। बेलौरी नगरपालिका, ह्याबिट्याट नेपाल र निड्स नेपालको संयुक्त लगानीमा सुरक्षित आवास निर्माण पूरा भएको हो।

निर्माण सम्पन्न आवासलाई सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको निड्सका कार्यकारी निर्देशक भवराज रेग्मीले बताए।

उनका अनुसार सुरक्षित आवास निर्माणका लागि बेलौरी नगरपालिकाले प्रतिघर २ लाख ५० हजार रुपैयाँ, ह्याबिट्याट फर ह्युम्यानिटी नेपाल र निड्स नेपालले प्रतिघर २ लाख लाख ५० हजार रुपैयाँ लागत साझेदारी गरेका छन्।

बेलौरी नगरपालिका-५ मा १४, वडा नं ६ मा ५, वडा नं ७ मा ५ र वडा नं ८ मा ५ वटा गरी कुल २९ सुरक्षित आवास निर्माण गरिएका छन्। नगरप्रमुख सुरक्षित आवास निर्माण उपभोक्ता समितिमार्फत घर निर्माण गरिएको निर्देशक रेग्मीले बताए।

'सुरक्षित आवास परियोजनामार्फत विपद् जोखिम न्यूनीकरण गर्दै कमजोर संरचनामा बसोबास गर्दै आएका परिवारलाई नगरपालिकासँग सहकार्य गरी सुरक्षित आवास निर्माण गरी बसोबासको व्यवस्था गरेका छौँ,' उनले भने, 'गत वर्ष पनि नगरपालिकासँग सहकार्य गरी वडा नं ९ मा १० र वडा नं १० मा ५ वटा गरी १५ सुरक्षित आवास निर्माण गरी हस्तान्तरण गरेका थियौँ।'

सुरक्षित आवास निर्माणले नगरपालिका क्षेत्रका अतिविपन्न परिवारलाई सुरक्षा भएको उनले बताए।

नगरप्रमुख पोतीलाल चौधरीले सुरक्षित आवास निर्माण कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउँदै गरिब तथा विपन्न नागरिकको सुरक्षित आवासको अधिकार सुनिश्चित गर्न नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गरे। रासस


प्रकाशित : शनिबार, पुस २६ २०८२१४:१७
  • सम्बन्धित विषय:

  • # सुरक्षित आवास
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend