सोमबार, असार १५ गते २०८३    
सोमबार, असार १५ २०८३

क्यासिनोमा २ लाख रुपैयाँभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, पुस २६ २०८२
क्यासिनोमा २ लाख रुपैयाँभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने

क्यासिनोमा हुने कारोबारलाई पारदर्शी र कानूनसम्मत बनाउने उद्देश्यका साथ उक्त व्यवस्था गरिएको विभागको भनाइ छ।

काठमाडौं- क्यासिनोमा आउने ग्राहकले २ लाख रुपैयाँभन्दा बढी रकम खर्च गरे उनीहरूको विवरण संकलन गरेर राख्नुपर्ने भएको छ। 

पर्यटन विभागले क्यासिनो व्यवसायीलाई जारी गरेको निर्देशन, २०८२ लाई संशोधन गर्दै उक्त व्यवस्था गरिएको जनाएको छ। क्यासिनोमा हुने कारोबारलाई पारदर्शी र कानूनसम्मत बनाउने उद्देश्यका साथ उक्त व्यवस्था गरिएको विभागको भनाइ छ।

सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी वितरणका सम्बन्धमा क्यासिनो व्यवसायीलाई जारी गरेको निर्देशन तुरुन्त लागू हुने विभागले उल्लेख गरेको छ। 

सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४, पर्यटन ऐन, २०३५ (संशोधनसहित) ले दिएको अधिकार प्रयोग गरी विभागले यस्तो निर्देशन गरिएको उल्लेख गरेको छ। रासस


प्रकाशित : शनिबार, पुस २६ २०८२१२:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend