काठमाडौं- देशभर पश्चिमी वायुको आंशिक प्रभाव छ। साथै दक्षिण-पश्चिम बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव छ।
हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी, मधेश र लुम्बिनी प्रदेशका तराई भूभागमा हुस्सु/कुहिरो रहनुका साथै बाँकी तराई भूभागका थोरै स्थानहरूमा हुस्सु लागेको छ।
आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा मध्यान्न सम्म हुस्सु/कुहिरो रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
आज राति तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ। देशका पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ।