बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एनआईसी एसिया बैंकको लकर सेवामा ३० प्रतिशत छुट सुविधा

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस २५ २०८२
एनआईसी एसिया बैंकको लकर सेवामा ३० प्रतिशत छुट सुविधा

काठमाडौं- एनआईसी एसिया बैंकले आफ्ना ग्राहकहरूको बहुमूल्य सामान तथा महत्वपूर्ण कागजातहरू ढुक्कका साथ सुरक्षित राख्ने चाहनालाई पूरा गर्न लकर सेवामा उपलब्ध गराएको विशेष छुट सुविधा बढाएर ३० प्रतिशत पुर्‍याएको छ।

२०८२ माघ ६ गतेसम्मका लागि मात्र ल्याइएको नयाँ योजनाअनुसार ग्राहक महानुभावहरूले पहिलो वर्षको वार्षिक शुल्कमा ३० प्रतिशतको विशेष छुट सुविधा प्राप्त गर्नेछन्। 

ग्राहकहरूले यस बैंकको लकर सुविधा लिइ आफ्नो बहुमूल्य सामान तथा महत्वपूर्ण कागजातहरू ढुक्कका साथ सुरक्षित राख्न सक्ने जनाइएको छ। बैंकले मुलुकभरका विभिन्न शाखाहरूमा ग्राहक महानुभावहरूको आवश्यकता अनुसारका विभिन्न आकारमा लकर सेवाहरू उपलब्ध गराएको छ।

बैंकले ल्याएको यस छुट सुविधाबाट ग्राहक महानुभावहरूलाई लकर सेवा प्रयोग गर्न थप सहज, सरल, सहुलियत प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ। 


प्रकाशित : शुक्रबार, पुस २५ २०८२१७:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend