काठमाडौं- सीजी ब्रान्डले आफ्नो 'सिजीको साथमा, वर्ल्डकप टिकट हातमा उपहार योजनाअन्तर्गत पहिलो चरणका विजेताहरू सार्वजनिक गरेको छ।
आगामी आईसीसी टी-ट्वान्टी पुरुष विश्वकपलाई लक्षित गर्दै ल्याइएको यस योजनामा सहभागी हजारौँ ग्राहकहरूमध्ये डिजिटल गोलाप्रथा द्वारा पहिलो चरणका लागि दुईजना भाग्यशाली विजेता छनोट गरिएको कम्पनीले जनाएको छ। यस पहिलो चरणको डिजिटल गोलाप्रथा मार्फत काभ्रेका केदार भुजेल र झापाका चन्द्र श्रेष्ठ विजेता बन्न सफल भए।
केदार भुजेलले सीजी डिजिटल बनेपाबाट सीजी ब्रान्डको वासिङ मेसिन खरिद गरी सहभागिता जनाएका थिए भने चन्द्र श्रेष्ठले न्यू ए वन सप्लायर्स, बिर्तामोडबाट सिजी ब्रान्डको माइक्रोवेभ ओभन खरिद गरेका थिए।
कम्पनीका अनुसार दुवै विजेताले ५ दिने मुम्बई भ्रमणको पूर्ण प्याकेज प्राप्त गरेका छन्। यस भ्रमण प्याकेजमा काठमाडौँ-मुम्बई दुईतर्फी हवाई टिकट, तारे होटेलमा बसाइ, खानपिन र मुम्बई सिटी टुर समावेश छ।
साथै विजेताहरूले मुम्बईको वानखेडे स्टेडियममा हुने आईसीसी टी ट्वान्टी पुरुष विश्वकप अन्तर्गत नेपाली टोलीको १ खेलको टिकट समेत प्राप्त गर्नेछन्।
कम्पनीले यो पहिलो चरण मात्र भएको र योजना अझै जारी रहेको जानकारी गराएको छ।
