बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एनएमबि बैंकको ३०औँ वार्षिक साधारण सभा सम्पन्न, ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस २५ २०८२
एनएमबि बैंकको ३०औँ वार्षिक साधारण सभा सम्पन्न, ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित

काठमाडौं- एनएमबि बैंकका सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र सेयरधनीहरुको उपस्थितिमा पुस २४ गते बिहीबार ३०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। 

एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा साधारण सभा सम्पन्न गरिएको छ। 

एनएमबि बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

साथै, बैंकले २०८२ असार मसान्तसम्ममा २ अर्ब ८५ करोड खुद नाफा आर्जन गर्नुका साथै २८३.६५ अर्ब निक्षेप संकलन र २४३.३ अर्ब कर्जा प्रवाह गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ।

बैंकले हाल देशभरी २०२ शाखा, १८४ एटिएम र ९ एक्सटेन्सन काउन्टरहरूमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ। 


प्रकाशित : शुक्रबार, पुस २५ २०८२१७:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend