सोमबार, असार १५ गते २०८३    
सोमबार, असार १५ २०८३

मंसिरमा भित्रियो १ खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स, ५ महिनामा ३५.६ प्रतिशतले वृद्धि

शुक्रबार, पुस २५ २०८२
मंसिरमा भित्रियो १ खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स, ५ महिनामा ३५.६ प्रतिशतले वृद्धि

गएको असोज महिनामा २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। जुन एकै महिनामा हालसम्म आएको सबैभन्दा धेरै रेमिट्यान्स हो।

काठमाडौं- आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३५.६ प्रतिशतले वृद्धि भएको छ।

पाँच महिनाको अवधिमा ८ खर्ब ७० अर्ब ३१ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.७ प्रतिशतले बढेको थियो।

२०८२ मंसिर महिनामा विप्रेषण आप्रवाह १ खर्ब ८३ अर्ब १८ करोड रहेको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब १८ अर्ब ७९ करोड रहेको थियो।

गएको असोज महिनामा २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। जुन एकै महिनामा हालसम्म आएको सबैभन्दा धेरै रेमिट्यान्स हो।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.० प्रतिशतले वृद्धि भइ ६ अर्ब १६ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ३.४ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ लिने नेपालीको सङ्ख्या १,७५,५९१ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १,६३,९२४ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः १,९०,३८४ र १,३५,४२५ रहेको थियो। 


प्रकाशित : शुक्रबार, पुस २५ २०८२१४:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend