शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

प्रतिबन्धित भारतीय मुद्रासहित विदेशी नागरिक पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन २७ २०७८
प्रतिबन्धित भारतीय मुद्रासहित विदेशी नागरिक पक्राउ

काठमाडौं- प्रतिबन्धित भारतीय मुद्रासहित प्रहरीले त्रिभुवन अनतराष्ट्रिय विमानस्थलबाट दुई जना थाइ नागरिकलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा ३२ वर्षीया वानविसा जनतासन र ४१ वर्षीया वारापर्न खुनसोमबट रहेका छन्। उनीहरुको साथबाट दुई हजार दरका चार थान र ५०० दरका ५७३ थान गरी जम्मा दुई लाख ९४ हजार ५०० भारतीय रूपैयाँ बरामद गरिएको छ। 

भिस्टारा एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट दिल्ली जान लागेका बेला एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उनीहरुको साथमा प्रतिवन्धित भारतीय रूपैयाँ फेला परेको थियो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको त्रिभुवन अन्तरराष्ट्रिय सुरक्षा कार्यालयले आज एक सूचना जारी गरी जनाएको छ। 

सुन चाँदीका गरगहना लुटपाट गर्ने पक्राउ

काठमाडौँ महानगरपालिका–१६ माछापोखरीबाट राजकुमार तामाङको सुन र चाँदीका गरगहना लुटपाट गरेको अभियोगमा सोही ठाउँ बस्ने नुवाकोट किस्पाङ गाउँपालिका–३ का १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ। 

सुन र चाँदीका गरगहना लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न ती किशोरलाई भाग्दै गरेको अवस्थामा फेला पारेको हो। उनको साथबाट एक तोला सुनको मङ्गलसुत्र, चाँदीको ब्रासलेट र एक थान पोतेको माला बरामद गरिएको छ। 


प्रकाशित : शुक्रबार, फागुन २७ २०७८१३:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend