बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

शुक्रबार, पुस २५ २०८२
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ४ सय ६३ अमेरिकी डलर र साेही परिमाणको चाँदी ७६.५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

काठमाडौं- नेपाली बजारमा आज शुक्रबार सुन प्रतितोला २ लाख ६७ हजार ८ सय र चाँदी प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ६५ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार प्रतितोला २ हजार १ सय रुपैयाँले बढेको हो। 

यही पुस १३ गते सुन अहिलेसम्मकै उच्च मूल्य प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै बिहीबार प्रतितोला ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ५५ रुपैयाँले घटेको हो। 

गएको बुधबार प्रतितोला ४ हजार ९ सय ३५ रुपैयाँमा  कारोबार भएर चाँदीको मूल्यले नेपाली बजारमा कीर्तिमान बनाएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ४ सय ६३ अमेरिकी डलर र साेही परिमाणको चाँदी ७६.५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


प्रकाशित : शुक्रबार, पुस २५ २०८२१०:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend