बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

राष्ट्रपति रामचन्द्र पौडेलसँग अमेरिकी राजदूतले गरे बिदाइ भेट

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस २४ २०८२
राष्ट्रपति रामचन्द्र पौडेलसँग अमेरिकी राजदूतले गरे बिदाइ भेट

उनीहरूबीच नेपाल-अमेरिका सम्बन्धका साथै आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्सनले आज राष्ट्रपति भवनमा बिदाइ भेट गरेका छन्।

त्यस अवसरमा उनीहरूबीच नेपाल-अमेरिका सम्बन्धका साथै आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

थम्सन २०७९ कात्तिक ४ गते राजदूतको जिम्मेवारीमा आएका थिए। नेपाल आउनुअघि राजदूत थम्पसनले दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी ब्यूरोमा कार्यवाहक सहायक मन्त्री र प्रमुख उपसहायक मन्त्रीका रूपमा काम गरी अमेरिकी नीति र यस क्षेत्रका देशहरूसँगको सम्बन्ध लगायतका विषय हेरेका थिए। 


प्रकाशित : बिहीबार , पुस २४ २०८२१८:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend