बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एनएमबी बैंकको ३० औँ वार्षिक साधारण सभा सम्पन्न, बोनस सेयर र नगद लाभांश पारित

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस २४ २०८२
एनएमबी बैंकको ३० औँ वार्षिक साधारण सभा सम्पन्न, बोनस सेयर र नगद लाभांश पारित

काठमाडौं- एनएमबी बैंकको ३० ‍औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।  आज बिहीबार बैंकका सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र सेयरधनीहरूको उपस्थितिमा टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बैंकको साधारण सभा सम्पन्न भएको हो। 

एनएमबी बैंकको सञ्चालक समितिका अध्यक्ष मनोजकुमार गोयलको सभापतित्वमा भएको साधारण सभामा सहभागी सेयरधनीहरूले  विविध पक्षमा आ-आफ्नो राखेका थिए।

एनएमबी बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश  (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

साथै बैंकले २०८२ असार मसान्तसम्ममा २ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा आर्जन गर्नुका साथै २ खर्ब ८३ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन र २ अर्ब ४३ करोड ३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ।

बैंकले हाल देशभरि २०२ वटा शाखा, १८४ वटा एटीएम बुथ र ९ वटा एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ।  


प्रकाशित : बिहीबार , पुस २४ २०८२१७:५२
  • सम्बन्धित विषय:

  • # एनएमबी बैंक
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend