बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

इटहरी शाखामा भएको घटनाप्रति एनआईसी एसिया बैंकको ध्यानाकर्षण

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस २४ २०८२
इटहरी शाखामा भएको घटनाप्रति एनआईसी एसिया बैंकको ध्यानाकर्षण

काठमाडौं- एनआईसी एसिया बैंकले सुनसरीको इटहरीस्थित आफ्नो शाखा कार्यालयमा एक ऋणीले गरेको आत्मदाह प्रयासको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ। 

इटहरीका लालबहादुर पौडेलले सोमबार बैंकको शाखा कार्यालयभित्र शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकोमा त्यहाँ रहेकाहरूले जोगाएका थिए।

प्रहरीका अनुसार उनले धितोमा राखिएको जग्गा लिलामी प्रक्रियामा गएपछि मानसिक तनावमा परेको भन्दै आत्मदाहसहित बैंकमा आगो लगाउने प्रयास गरेका थिए। 

यस्ता घटनाले बैंकिङ क्षेत्रमै असुरक्षा सृजना गर्ने भन्दै बैंकले विज्ञप्तिमार्फत भनेको छ, 'एनआईसी एसिया बैंक लि. को इटहरी शाखामा कलुसित मनसायका साथ प्रवेश गरी बैंकमा कार्यरत कर्मचारीमाथि गालीगलौज गर्दै अभद्र व्यवहार गरी शाखा कार्यालयमा अराजक गतिविधि गरेको घटनाप्रति यस बैंकको गम्भीर ध्यानाकर्षण भएको छ। बैंक जस्तो संवेदनशील र अत्यावश्यक सेवा प्रवाह गर्ने स्थानमा गरिने यस्ता कुनै पनि गैरकानूनी तथा उच्छृंखल गतिविधि स्वीकार्य नहुने र यस्ता गतिविधिबाट बैंकमा कार्यरत कर्मचारीहरूसँगसँगै समग्र बैंकिङ क्षेत्रमै असुरक्षित वातावरण सृजना भएको छ।'

यस्ता क्रियाकलापले मुलुकको आर्थिक विकासमा ठूलो योगदान पुर्‍याइरहेको बैंकिङ क्षेत्रलाई नै नकारात्मक असर पार्ने र काम गर्ने वातावरणमा समेत गम्भीर असर पुग्ने बैंकको भनाइ छ। बैंकले संलग्नउपर कारबाहीको माग गरेको छ।

'कुनै पनि बहानामा कर्मचारीमाथि हुने यस्ता अभद्र व्यवहार सैह्य नहुने हुँदा उक्त घटनामा संलग्न व्यक्तिउपर सम्बन्धित निकायले आवश्यक अनुसन्धान गरी प्रचलित कानूनबमोजिम कारबाही गर्न र बैंक तथा बैंकमा कार्यरत कर्मचारीहरूको शान्तिसुरक्षा कायम गर्न/गराउन सम्बन्धित निकायसँग यस बैंक हार्दिक अनुरोध गर्दछ,' बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 


प्रकाशित : बिहीबार , पुस २४ २०८२१५:३०
  • सम्बन्धित विषय:

  • # एनआईसी एसिया बैंक
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend