काठमाडौं- टीसीएल नेपालले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आयोजना हुने टी-२० विश्वकपलाई लक्ष्य गर्दै सञ्चालन गरेको क्याम्पेनको विजेता घोषणा गरेको छ।
कम्पनीले नेपाली राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष हेर्न पाउने उपभोक्ता क्याम्पेनको विजेता सार्वजनिक गरेको हो। देशभर लागू गरिएको 'नेपालको शान, मुम्बईको मैदान' अभियानअन्तर्गत पहिलो चरणको भाग्यशाली विजेता छनोट गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार पहिलो चरणमा धनगढी निवासी पुष्कर अवस्थी विजेता बनेका छन्। उनले टीसीएलको आधिकारिक विक्रेता शुभेच्छा ट्रेड एण्ड सप्लायर्सबाट टीसीएलको एयर कन्डिसनर (एसी) खरिद गरी क्याम्पेनमा सहभागिता जनाएका थिए।
योजनाअन्तर्गत विजेताले ४ रात ५ दिनको मुम्बई यात्रा सहित वानखेडे स्टेडियममा नेपाल राष्ट्रिय क्रिकेट टोलीको एक खेल प्रत्यक्ष अवलोकन गर्ने अवसर प्राप्त गर्नेछन्। उक्त यात्रा प्याकेजमा हवाई टिकट, होटल बसाइ, म्याच टिकट तथा आवश्यक सम्पूर्ण खर्च टीसीएल नेपालले नै व्यहोर्ने छ।
क्याम्पेनमा सहभागी हुन टीसीएलका कुनै पनि आधिकारिक उत्पादन खरिद गरी एमएमएसमार्फत सहभागिता जनाउन सकिने व्यवस्था गरिएको छ।
सीमित अवधिका लागि लागू गरिएको यस योजनामा अझै पनि विजेता बन्ने अवसर बाँकी रहेको टीसीएल नेपालले जनाएको छ।
कम्पनीले उपभोक्तालाई नजिकको आधिकारिक विक्रेताबाट टीसीएलका उत्पादन खरिद गरी समयमै सहभागिता जनाउन आग्रह गरेको छ।
