बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सुनसान बन्यो कञ्चनजंघा आधार शिविर

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस २४ २०८२
सुनसान बन्यो कञ्चनजंघा आधार शिविर

ताप्लेजुङ- ताप्लेजुङस्थित नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजंघाको आधार शिविर क्षेत्र अहिले सुनसान बनेको छ। अहिलेको पर्यटकीय मौसम अर्थात् भ्रमण गर्ने याम सकिएसँगै कञ्चनजंघा आधार शिविर क्षेत्र सुनसान बनेको हो।

पर्यटकीय मौसममा पर्यटकले भरिभराउ हुने कञ्चनजंघा आधार शिविर खम्बाचेन, लोनाक र पाङ्पेमा क्षेत्र अहिले सुनसान बनेको छ। कञ्चनजंघाको दक्षिणी आधार शिविर चेइराम, रामजेरलगयात क्षेत्र पनि सुनसान बनेका छन्।

पर्यटन व्यवसायीका अनुसार भ्रमण गर्ने याम सकिएसँगै पर्यटक आउजाउ गर्न छोडेपछि आधार शिविर सुनसान बनेको हो। पर्यटन व्यवसायी तेन्जिङ सेराप शेर्पाले पर्यटकीययाम सकिएपछि पर्यटक आउजाउ गर्न छाडेपछि होटेल व्यवसाय गर्दै आएका व्यवसायी तल्लो बस्तीतिर फर्किएका बताए।

यसैबीच कञ्चनजंघा संरक्षण क्षेत्र कार्यालयको तथ्यांकअनुसार पछिल्लो वर्षमा यहाँ आउने विदेशी पर्यटकको संख्या बढ्दै गएको छ। यस वर्ष भ्रमणको पहिलो याममा ९५० जना विदेशी पर्यटकले कञ्चनजंघा क्षेत्रको भ्रमण गरेका संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का पर्यटन सहायक टासी तेन्जिङ शेर्पाले जानकारी दिए।

उनका अनुसार यस वर्ष मंसिरपछि पनि फाट्टफुट्ट पर्यटक यहाँ आएका छन्। यस क्षेत्रको भ्रमण गर्नेमा विदेशी मात्र नभई आन्तरिक पर्यटकको संख्यासमेत बढ्दै गएको उनले बताए।

उनका अनुसार गत वर्षको पहिलो याममा ८ सय ७७ जना विदेशी पर्यटकले कञ्चनजंघाको भ्रमण गरेका थिए। रासस


प्रकाशित : बिहीबार , पुस २४ २०८२११:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend