बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

प्रतितोला २ हजार रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट

बिहीबार , पुस २४ २०८२
प्रतितोला २ हजार रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट

काठमाडौं- नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६५ हजार ७ सय रुपैयाँ कायम भएको छ। 

अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेको हो। यसअघि बुधबार सुन प्रतितोला २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

यही पुस १३ गते सुन अहिलेसम्मकै उच्च मूल्य प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय ३५ रुपैयाँ कायम भएको छ। 

बुधबार प्रतितोला ४ हजार ९ सय ३५ रुपैयाँमा  कारोबार भएर कीर्तिमान बनाएको चाँदीको मूल्य आज प्रतितोला १ सय रुपैयाँले घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ४ सय २८ अमेरिकी डलर र साेही परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।


प्रकाशित : बिहीबार , पुस २४ २०८२१०:५४
  • सम्बन्धित विषय:

  • # सुनचाँदी


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend