सोमबार, असार १५ गते २०८३    
सोमबार, असार १५ २०८३

‘वाल्डो क्यासिनो’मा आइलेन्स प्रयोग गरी ठगी गरेका चार भारतीय आरोपी पुर्पक्षका लागि कारागार चलान

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस २४ २०८२
‘वाल्डो क्यासिनो’मा आइलेन्स प्रयोग गरी ठगी गरेका चार भारतीय आरोपी पुर्पक्षका लागि कारागार चलान

एक लाख रुपैयाँ तिरेर धरौटीमा रिहा हुनेमा सुनसरीकी ३५ वर्षीय चिजा खड्का र टोखाकी ४० वर्षीय भवानी पाण्डे रहेका छन्।

काठमाडौं- ठमेलको छाया सेन्टरमा रहेको ‘वाल्डो क्यासिनो’मा आइलेन्स प्रयोग गरी ठगी गरेको आरोप लागेका चार भारतीयलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

उनीहरुलाई पुर्पक्षका लागि बुधबार कारागार चलान गरिएको हो। कारागार चलान हुनेमा दिल्लीका ५७ वर्षीय सुरेश महाजन, देहरादुनका ३९ वर्षीय प्रमोद मौर्य, उत्तराखण्डका ३२ वर्षीय विक्रमसिंह र भारत हरियानाका ३७ वर्षीय दिनेश वर्मा रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ परेका सात जनामध्ये चार जनालाई पुर्पक्षका लागि कारागार चलान, दुई जनालाई एक लाख धरौटीमा रिहा र एक जनालाई पाँच लाख धरौटीमा रिहा गरिएको जानकारी दिए। एक लाख रुपैयाँ तिरेर धरौटीमा रिहा हुनेमा सुनसरीकी ३५ वर्षीय चिजा खड्का र टोखाकी ४० वर्षीय भवानी पाण्डे रहेका छन्।

यसैगरी पाँच लाख तिरेर रिहा हुनेमा चिनियाँ नागरिक क्यासिनो सञ्चालक छन मान छिन रहेका छन्।


प्रकाशित : बिहीबार , पुस २४ २०८२१०:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend