मोरङ- कामना सेवा विकास बैंकले शाखा कार्यालय विराटचोकमार्फत ब्रेथ अफ लाइफ बाल आश्रमलाई खाद्यान्न र शैक्षिक सामग्री वितरण गरेको छ।
बैंकको कोशी प्रदेश प्रमुख खिमलाल भुसालले बाल आश्रमकी सञ्चालक निर्मला राईलाई खाद्यान्न र शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा बेलबारी नगरपालिकाकी उपमेयर नितु थापा कोइराला, वडा अध्यक्ष योेगेन्द्र सुवेदी, बैंकका कर्मचारीहरू, बाल आश्रमका सहभागी तथा अन्य सरोकारवालाहरूको उपस्थिति थियो।
