काठमाडौं- गोड्रेज नेपालले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आयोजना हुने टी-२० विश्वकपअन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विशेष उपभोक्ता योजनाका विजेता सार्वजनिक गरेको छ।
उपभोक्तालाई अन्तर्राष्ट्रिय खेलकुदको रोमाञ्चसँग जोड्ने उद्देश्यले गत मंसिर २९ गतेदेखि देशभर लागू भएको क्याम्पेनअन्तर्गत पहिलो चरणका भाग्यशाली विजेता छनोट गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार पहिलो चरणको विजेता काठमाडौंको टोखा निवासी लुना ज्ञवाली बनेकी छन्। उनले आधिकारिक बिक्रेता खाँडादेवी इलेक्ट्रोनिक्सबाट गोड्रेज वाशिङ मेसिन खरिद गरी योजनामा सहभागिता जनाएकी थिइन्।
उनले ४ रात ५ दिनको मुम्बई यात्रासहित वानखेडे स्टेडियममा हुने नेपाली राष्ट्रिय क्रिकेट टोलीको एक खेल प्रत्यक्ष अवलोकन गर्ने अवसर प्राप्त गर्नेछिन्। उक्त यात्रा प्याकेजमा हवाई टिकट, होटल बसाइ, म्याच टिकट तथा अन्य आवश्यक सम्पूर्ण खर्च गोड्रेज नेपालले नै बेहोर्ने छ।
क्याम्पेनमा सहभागी हुन गोड्रेजका कुनै पनि आधिकारिक उत्पादन खरिद गरी एसएमएस पठाउनुपर्ने व्यवस्था गरिएको छ।
त्यसका लागि अंग्रेजी अक्षरमा गोड्रेज स्पेस वारेन्टी कार्ड नम्बर स्पेस उत्पादनको नाम स्पेस ग्राहकको नाम फर्म्याटमा लेखी ३१००३ मा एसएमएस पठाउनुपर्नेछ।
सीमित अवधिका लागि लागू गरिएको योजनामा अझै पनि एसएमएसमार्फत सहभागी भई विजेता बन्ने अवसर बाँकी रहेको गोड्रेज नेपालले जनाएको छ। कम्पनीले उपभोक्तालाई नजिकको आधिकारिक बिक्रेताबाट गोड्रेजका उत्पादन खरिद गरी योजनामा सहभागी हुन आग्रह गरेको छ।
