बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कामना सेवा विकास बैंकद्वारा ‍विद्यालयलाई शैक्षिक सामग्री सहयोग

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस २२ २०८२
कामना सेवा विकास बैंकद्वारा ‍विद्यालयलाई शैक्षिक सामग्री सहयोग

काठमाडौं- कामना सेवा विकास बैंक लिमिटेडले कास्कीको अन्नपूर्ण गाउँपालिका-३, पाउँदुरस्थित  लक्ष्मी आधारभूत विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ।

बैंकका पोखरा क्षेत्र प्रमुख शिवकुमार ढकालले विद्यालयका प्रधानाध्यापक तारानाथ पौडेललाई स्टेशनरी तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा प्रधानाध्यापक पौडेलले सामाजिक-आर्थिक रूपले पिछडिएका तथा विपन्न वर्गका विद्यार्थीहरूको शैक्षिक पहुँचमा बैंकले गरेको सहयोगले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा बैंकका कर्मचारीहरू, विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति थियो।


प्रकाशित : मंगलबार, पुस २२ २०८२१७:३८
  • सम्बन्धित विषय:

  • # कामना सेवा विकास बैंक
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend