सोमबार, असार १५ गते २०८३    
सोमबार, असार १५ २०८३

ढुकुटीबाट खर्च हुने संस्थानहरूको तलब सुविधामा एकरूपता हुने, मन्त्रिपरिषद्बाट प्रतिवेदन स्वीकृत

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस २२ २०८२
ढुकुटीबाट खर्च हुने संस्थानहरूको तलब सुविधामा एकरूपता हुने, मन्त्रिपरिषद्बाट प्रतिवेदन स्वीकृत

एउटा संक्रमणकालीन अवधि तोकी कार्यान्वयनमा लिनुपर्ने सुझाव दिइएको थियो।

काठमाडौं- राज्यकोषबाट खर्च हुने सार्वजनिक संस्थान, प्रतिष्ठान, बोर्ड, प्राधिकरण जस्ता संस्थाले दिने सुविधालाई मापदण्ड बनाएर एकरूपता कायम गरिने भएको छ। 

यसअघि राज्यकोषबाट लगानी भएका प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक संस्थानलगायत निकायका पदाधिकारीको पारिश्रमिक तथा सेवा सुविधामा एकरूपता कायम गर्नेसम्बन्धी सुझाव दिन कार्यदल बनाइएको थियो। सो कार्यदलबाट पेश भएको प्रतिवेदन कार्यान्वयनको लागि अर्थ मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने भनेर मन्त्रिपरिषद्ले निर्णय गरेको छ। 

प्रतिवेदनले कुनै पनि मापदण्डबिना कतै धेरे सुविधा कतै थोरै रहेको औँल्याएको थियो। थोरै आम्दानी हुने ठाउँमा पनि उच्च सुविधा पाइएको कार्यदलले औँल्याएको थियो।

त्यस्तै भत्तालगायत सञ्चालकले पाउने सुविधामा पनि मनपरी थियो। यसलाई एउटा मापदण्ड र कार्यविधि बनाएर लागू गर्न सुझाव दिइएको थियो। 

एउटा संक्रमणकालीन अवधि तोकी कार्यान्वयनमा ल्याउनुपर्ने सुझाव दिइएको थियो।


प्रकाशित : मंगलबार, पुस २२ २०८२१६:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend