काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मूल्य दैनन्दिन उच्च रकमले बढ्न थालेको छ।
आइतबार घटेको सुन र चाँदीको मूल्य सोमबार र मंगलबार भने लगातार बढेको हो। यी दुई दिनमा सुनको मूल्य प्रतितोला ७ हजार ७ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य २ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको छ।
अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३ हजार १ सय रुपैयाँले बढेको हो। सोमबार सुन प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो। उक्त दिन सुनको मूल्य प्रतितोला ४ हजार ६ सय रुपैयाँले बढेको थियो।
आइतबार भने सुन प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँमा खरिद-बिक्री भएको थियो। अघिल्लो कारोबारको तुलनामा उक्त दिन सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले घटेको थियो।
यही पुस १३ गते सुन अहिलेसम्मकै उच्च मूल्य प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज एक तोला चाँदीको मूल्य ४ हजार ८ सय ८० रुपैयाँ कायम भएको छ। अघिल्लो दिनको तुलनामा आज चाँदीको मूल्य प्रतितोला १ सय ९५ रुपैयाँले बढेको हो।
सोमबार चाँदी प्रतितोला ४ हजार ६ सय ८५ रुपैयाँमा किनबेच भएको थियो। उक्त दिन पनि चाँदीको मूल्य प्रतितोला १ सय ८५ रुपैयाँले बढेको थियो।
आइतबार भने चाँदी प्रतितोला ४ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो। अघिल्लो कारोबारको तुलनामा उक्त दिन चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेको थियो।
यही पुस १४ गते सोमबार चाँदी प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो, जुन हालसम्मकै उच्च मूल्य हो।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ४ सय ७९ अमेरिकी डलर र साेही परिमाणको चाँदी ७९ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
