बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

तीन सातादेखि बन्द सानिमा मिडल तमोर हाइड्रोपावरले पुनः थाल्यो उत्पादन

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस २२ २०८२
तीन सातादेखि बन्द सानिमा मिडल तमोर हाइड्रोपावरले पुनः थाल्यो उत्पादन

ताप्लेजुङ- गत मंसिर अन्तिम सातादेखि बन्द रहेको ७३ मेगावाट क्षमताको सानिमा मिडल तमोर हाइड्रोपावरको विद्युत उत्पादन पुनः सुरु भएको छ।

पावरहाउस (विद्युतगृह) लगायतमा देखिएको प्राविधिक समस्या समाधान भएपछि पुनः विद्युत् उत्पादन सुरु भएको कार्यालयका प्रशासन प्रमुख तथा वातावरण अधिकृत करण गौतमले जानकारी दिए। 

केही उपकरणमा प्राविधिक समस्या देखिएकै समयमा प्रत्येक वर्ष गरिनुपर्ने नियमित मर्मतसम्भारको कार्यसमेत एकैसाथ सम्पन्न गरी उत्पादन सुरु गरिएको उनले बताए। 

करिब दुई वर्षअघि उत्पादन सुरु गरिएको यस आयोजनाबाट उत्पादित विद्युत् वसन्तपुर सबस्टेसनमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ। यो आयोजना जिल्लामा सञ्चालनमा रहेका जलविद्युत आयोजनामध्ये सबैभन्दा बढी क्षमताको हो। रासस


प्रकाशित : मंगलबार, पुस २२ २०८२१०:३७
  • सम्बन्धित विषय:

  • # सानिमा मिडल तमोर हाइड्रोपावर
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend