बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

आन्तरिक राजस्व कार्यालय भैरहवाले संकलन गर्‍यो लक्ष्यभन्दा २१ प्रतिशत बढी राजस्व

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस २१ २०८२
आन्तरिक राजस्व कार्यालय भैरहवाले संकलन गर्‍यो लक्ष्यभन्दा २१ प्रतिशत बढी राजस्व

कार्यालयले ५  महिनामा मा ५ अर्ब ३६ करोड ८३ लाख ८ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ६ अर्ब ५० करोड ३२ लाख ७ हजार रुपैयाँ संकलन गरेको हो।

रूपन्देही- आन्तरिक राजस्व कार्यालय भैरहवाले चालु आर्थिक वर्षको ५ महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। 

कार्यालयले ५  महिनामा मा ५ अर्ब ३६ करोड ८३ लाख ८ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ६ अर्ब ५० करोड ३२ लाख ७ हजार रुपैयाँ संकलन गरेको हो। यो लक्ष्यभन्दा २१ दशमलव १ प्रतिशतले बढी हो। 

कार्यालयले गत आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब ५१ करोड ८ लाख ४७ हजार रुपैयाँ राजस्व संकलन गरेको कार्यालयका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले जानकारी दिए। 

उनका अनुसार राजस्वमा अन्तःशुल्कको हिस्सा सबैभन्दा बढी करिब ८० प्रतिशत छ। आन्तरिक राजस्व कार्यालय भैरहवाको कार्यक्षेत्रअन्तर्गत ८२ हजारभन्दा बढी व्यावसायिक करदाता छन्। रासस


प्रकाशित : सोमबार, पुस २१ २०८२१६:३०
  • सम्बन्धित विषय:

  • # राजस्व
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend