बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

जेनजी आन्दोलनमा क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणका लागि सरकारी कोषमा जम्मा भयो १३ करोड ३५ लाख रुपैयाँ

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस २१ २०८२
जेनजी आन्दोलनमा क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणका लागि सरकारी कोषमा जम्मा भयो १३ करोड ३५ लाख रुपैयाँ

कोषमा आज मात्रै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १ करोड १ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको पनि मन्त्रालयले जनाएको छ।

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको 'भौतिक पूर्वाधार पुनर्निर्माण कोष' मा हालसम्म १३ करोड ३५ लाख ६५ हजार रुपैयाँ जम्मा भएको छ।

अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार आज बिहानसम्म उक्त रकम जम्मा भएको हो। कोषमा आज मात्रै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १ करोड १ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको पनि मन्त्रालयले जनाएको छ। गत हप्ता मेटलाइफ नेपालले २५ लाख रुपैयाँ र त्यसअघि दि ओरिएण्टल इन्स्योरेन्सले २० लाख रुपैयाँ सहयोग गरेका थिए।

जेनजी प्रदर्शनका क्रममा क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण लागि सरकारले उक्त कोष स्थापना गरेको थियो। कोषमा योगदानका लागि सरकारले सर्वसाधारण नागरिक, निजी क्षेत्र, गैरआवासिय नेपाली, विकास साझेदार, विभिन्न संघसंस्था, दातृ निकायलगायतलाई आग्रह गरेको थियो। 

पुनर्निर्माण कोषमा गरिने आर्थिक सहायता रकम योगदानकर्ताको चालु आर्थिक वर्षको करयोग्य आय गणना गर्दा घटाउन वा खर्च कट्टी गर्न पाइने सुविधा सरकारले दिएको छ।

पुनर्निर्माणका कोषका लागि राष्ट्रिय वाणिज्य बैंक सिंहदरबार शाखामा खाता खोलिएको छ। योगदानकर्ताले कोषको खाता नम्बर १९६०१००१०२०७०००४ मा सहायता रकम जम्मा गर्न सक्नेछन्। रासस


प्रकाशित : सोमबार, पुस २१ २०८२१२:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend