काठमाडौं- नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६५ हजार रुपैयाँ कायम भएको छ।
अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४ हजार ६ सय रुपैयाँले बढेको हो।
आइतबार सुन प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँमा खरिद-बिक्री भएको थियो।
यही पुस १३ गते आइतबार सुन अहिलेसम्मकै उच्च मूल्य प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज एक तोला चाँदीको मूल्य ४ हजार ६ सय ८५ रुपैयाँ कायम भएको छ।
अघिल्लो दिनको तुलनामा आज चाँदीको मूल्य प्रतितोला १ सय ८५ रुपैयाँले बढेको हो। आइतबार चाँदी प्रतितोला ४ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो।
यही पुस १४ गते सोमबार चाँदी प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो, जुन हालसम्मकै उच्च मूल्य हो।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ४ सय ६ अमेरिकी डलर र साेही परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।


