बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

प्रतितोला २१ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट

आइतबार, पुस २० २०८२
प्रतितोला २१ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट

अघिल्लो कारोबार दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले घटेको हो। गएको शुक्रबार सुन प्रतितोला २ लाख ६२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

काठमाडौं- नेपाली बजारमा आज आइतबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएको छ। 

अघिल्लो कारोबार दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले घटेको हो। गएको शुक्रबार सुन प्रतितोला २ लाख ६२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। 

गएको आइतबार सुन अहिलेसम्मकै उच्च मूल्य प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको मूल्य प्रतितोला ४ हजार ५ सय रुपैयाँ कायम भएको छ। 

शुक्रबारको तुलनामा आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेको हो। उक्त दिन चाँदी प्रतितोला ४ हजार ५ सय २५ रुपैयाँमा कारोबार भएको थियो। 

गएको सोमबार चाँदी प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो, जुन हालसम्मकै उच्च मूल्य हो। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ३ सय ३२ र त्यति नै चाँदी ७३ अमेरिकी डलरमा खरिद-बिक्री भइरहेको छ।

सुनमा लगानी : नेपालीले भित्रभित्रै खोजेको स्मार्ट मार्ग


प्रकाशित : आइतबार, पुस २० २०८२१०:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend