सोमबार, असार १५ गते २०८३    
सोमबार, असार १५ २०८३

रसुवागढी भन्सार कार्यालय : धमाधम सरसामान तथा सवारीसाधन आयात

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस २० २०८२
रसुवागढी भन्सार कार्यालय : धमाधम सरसामान तथा सवारीसाधन आयात

स्याउ, रेडिमेड कपडा, लसुन, सवारीसाधानका पार्टपुर्जा, ओखर, इलेक्ट्रिक व्याट्री, मेडिकलका सामग्री बोकेका ३९ मालवाहक कन्टेनर नेपाल भित्रिएका छन्।

रसुवा- रसुवास्थित रसुवागढी नाका पुनः सञ्चालनमा आएसँगै विद्युतीय सवारीसाधन आयात हुन थालेका छन्।

सीमा सुरक्षा पोष्ट रसुवागढीका अनुसार रसुवागढी नाकाबाट शनिबार १८ विद्युतीय सवारीसाधन (इभी माइक्रो) नेपाल भित्रिएको छ।

चालु आर्थिक वर्षको पहिलोपटक ती सवारीसाधन आयात भएका र अहिले टिमुरेस्थित पार्किङ क्षेत्रमा रहेका छन्। ती सवारीसाधन आयातकर्ताले राजस्व दाखिला गर्नेक्रम जारी रहेको भन्सार कार्यालयले जनाएको छ।

यस्तै शनिबारमात्र स्याउ, रेडिमेड कपडा, लसुन, सवारीसाधानका पार्टपुर्जा, ओखर, इलेक्ट्रिक व्याट्री, मेडिकलका सामग्री बोकेका ३९ मालवाहक कन्टेनर नेपाल भित्रिएका छन्।

गत बिहीबारदेखि रसुवागढी नाका पुनः सञ्चालन भएसँगै शनिबारसम्म ९६ कन्ट्रेनरबाट मालसामान नेपाल भित्रिएको र रेडिमेड सामग्रीका हकमा आजदेखि जाँचपास प्रक्रिया सुरु हुने भन्सार कार्यालय प्रवक्ता ठाकुर गौतमले जानकारी दिए।

उनले बिग्रने वस्तुम पर्ने स्याउ तथा ओखरजस्ता वस्तु भने शीघ्र जाँचपास हुने गरेको र नाका खुलेपश्चात दुई दिनको दौरानमा ९० लाख ८७ लाख राजस्व दाखिला भएको बताए। रासस


प्रकाशित : आइतबार, पुस २० २०८२१०:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend