बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

झापा इनर्जीले उत्पादन गर्‍यो ५ महिनामा ४ करोड ७१ लाख रुपैयाँबराबरको विद्युत

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस २० २०८२
झापा इनर्जीले उत्पादन गर्‍यो ५ महिनामा ४ करोड ७१ लाख रुपैयाँबराबरको विद्युत

शिवसताक्षी नगरपालिका वडा नं ४ बुलुचोकमा झापा इनर्जीको १० मेगावाटको सौर्य विद्युत परियोजना सञ्चालनमा छ। झापा इनर्जीले उत्पादन गरेको विद्युत नेपाल विद्युत प्राधिकरणले प्रतियुनिट ७ रुपैयाँ ३० पैसाका दरले खरिद गर्दछ।

झापा- सौर्य ऊर्जा उत्पादक कम्पनी झापा इनर्जीले पाँच महिनामा ४ करोड ७० लाख ९३ हजार ४ सय ९७ रुपैयाँको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बिक्री गरेको छ।

कम्पनी सञ्चालक समितिका अध्यक्ष लालबहादुर सावाँ लिम्बूका अनुसार आर्थिक वर्ष २०८२/८३ को साउनदेखि मंसिर मसान्तसम्मको अवधिमा कम्पनीले  ६५ लाख २१ हजार २६० युनिट विद्युत उत्पादन गरेको हो।

शिवसताक्षी नगरपालिका वडा नं ४ बुलुचोकमा झापा इनर्जीको १० मेगावाटको सौर्य विद्युत परियोजना सञ्चालनमा छ। झापा इनर्जीले उत्पादन गरेको विद्युत नेपाल विद्युत प्राधिकरणले प्रतियुनिट ७ रुपैयाँ ३० पैसाका दरले खरिद गर्दछ। 

इनर्जीले २०८० साल माघ १० गतेदेखि विद्युतको व्यावसायिक उत्पादन गर्दै आएको छ भने त्यसअघि २०७८ साल मंसिर १२ गते प्राधिकरणले इनर्जीसँग विद्युत खरिद-बिक्रीको सम्झौता (पीपीए) गरेको थियो।

बुलुचोकमा २२ बिघा जग्गा खरिद गरेर इनर्जीले परियोजना निर्माण गरेको छ। परियोजनास्थलमा २१ हजार ६ सयवटा सौर्य प्यानल जडान गरिएका छन्। परियोजनाबाट उत्पादित सौर्य विद्युतलाई एक किलोमिटरको दूरीभित्रै रहेको नेपाल विद्युत प्राधिकरणको बुलुचोक सबस्टेशनमा पुर्‍याएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।

झापा इनर्जीले आर्थिक वर्ष २०८०/८१ मा ५ करोड २८ लाख ८४ हजार ७ सय ७७ रुपैयाँबराबरको सौर्य विद्युत उत्पादन गरी प्राधिकरणलाई बिक्री गरेको थियो। आर्थिक वर्ष २०८१/८२ मा बिक्री बढेर ९ करोड १० लाख ५९ हजार ४ सय ७५ पुगेको अध्यक्ष लिम्बूले जानकारी दिए। रासस


प्रकाशित : आइतबार, पुस २० २०८२१०:२०
  • सम्बन्धित विषय:

  • # झापा इनर्जी
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend