बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

साँखुस्थित सालीनदीमा एक महिने माधवनारायण मेला सुरु

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, पुस १९ २०८२
साँखुस्थित सालीनदीमा एक महिने माधवनारायण मेला सुरु

काठमाडौं- राजधानीको उत्तरपूर्वी भेगस्थित साँखुमा रहेको सालीनदीमा एक महिने माधवनारायण मेला सुरु भएको छ।

पौष शुक्ल पूर्णिमादेखि सुरु हुने मेलामा हजारौँ भक्तजनको उपस्थिति रहेको मेला व्यवस्थापन समितिले जनाएको छ। माधवनारायण मेलामा १ सय ७५ जनाले व्रत गरिरहेको समितिका अध्यक्ष विकासमान सिंहले जानकारी दिए।

मेलामा महिला १६२ र पुरुष १३ को सहभागिता छ । मेला माघ १८ गतेसम्म सञ्चालन हुनेछ। मेलाको पहिलो दिन दाताको सहयोगमा नगरकोट डाँडाबाट पुष्पवृष्टिसमेत गरिएको समितिले जनाएको छ।

मेलामा सालीनदीमा स्नानसहित माधवनारायण र स्वस्थानी माताको पूजा, आराधना आकर्षणको केन्द्रमा रहने गरेको छ । मेलामा विशेषगरी शनिबार बढी भक्तजनको उपस्थिति रहने गर्छ। रासस


प्रकाशित : शनिबार, पुस १९ २०८२१७:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend