सोमबार, असार १५ गते २०८३    
सोमबार, असार १५ २०८३

भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी नियन्त्रणमा

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, पुस १९ २०८२
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी नियन्त्रणमा

सुरूमा भेनेजुएलाका सिपमेन्टमा बाधा सिर्जना गरेको अमेरिकाले आक्रमण नै गरेको हो।

काठमाडौं- अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएको घोषणा गरेको छ। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोसल मिडिया प्ल्याटफर्म ट्रुथ सोसियलमा मदुरो दम्पत्तिलाई अमेरिकी नियन्त्रणमा लिओर भेनेजुएला बाहिर लिइएको घोषणा गरेका छन्। 

मदुरोका विषयमा कानूनी कारबाहीको प्रक्रिया अघि बढ्ने पनि उनले घोषणा गरेका छन्। ट्रम्पको घोषणा लगत्तै भेनेजुएलाका उपराष्ट्रपतिले पनि मदुरो दम्पत्ति सम्पर्कमा नरहेको उल्लेख गरेकी छन्। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई देशबाट निकाल्ने र  नियन्त्रणमा लिनका लागि भन्दै आक्रमण गरिएको जानकारी गराएका थिए। 

पछिल्लो समय अमेरिकाले मदुरोलाई अमेरिकामा लागूओषध आपूर्ति गर्ने ग्याङको नेता भएको आरोप लगाएको थियो। अमेरिकालाई बर्बाद गर्नका लागि मदुरोले नै संगठित अपराध गरिरहेको र त्यसलाई राष्ट्रिय सुरक्षाको नाम दिएर भेनेजुएलाप्रति आक्रमक भएको थियो। 

सुरूमा भेनेजुएलाका सिपमेन्टमा बाधा सिर्जना गरेको अमेरिकाले आक्रमण नै गरेको हो। 

शीतयुद्धको सुरुवाति चरणमा अमेरिकाको साझेदार रहेको भेनेजुएलासँग मेरिकाको सम्बन्ध पछिल्लो लामो समयदेखि चिसिएको छ। 


प्रकाशित : शनिबार, पुस १९ २०८२१५:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend